एमाले कार्यदल अझै अनिर्णित, भोलि फेरि बैठक बस्ने
अव भोलि सुखद समाचार सुन्न सक्नुहुन्छ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउन कार्यदल गठन गरेर आन्तरिक छलफल तीव्र बनाएपनि त्यसको ठोस निष्कर्ष आइसकेको छैन । नेताहरु दिनहुँ बैठक बसिरहेका छन् । दिनहुँ बैठकबाट उठेपछि भोलि मिल्छ भनेकै केही दिन भइसक्यो । आज सबै विषय मिल्छ भनेर हिजो नेताहरु उठेका थिए । आज फेरि त्यही भाका अगाडि सारिएको छ ।
अब भोलि नेता-कार्यकर्ताले सुखद् समाचार सुन्न पाउनुहुनेछ, बैठकबाट उठेर नेताहरुले त्यही कुरा दोहोराएका छन् । आज बिहान बैठक बस्ने भने पनि बैठक साँझ मात्र बसेको थियो । दिउँसो नेपाल पक्षका नेताहरु माधव नेपाल भेट्न पुगेका थिए । नेता नेपाल जनै खटिरा आएका भन्दै घरमा आराम गरिरहेका छन् ।
जसकाकारण बैठक बस्नै ढिलो भएको थियो । दिउँसो २ बजे बस्ने भनेको बैठक ४ वजे सारिएको थियो । पछि ५ बजे मात्र बैठक शुरु भएको थियो ।
बैठकले आज पनि कुनै निश्कर्ष त निकालेन । तर भोलिसम्म सबै विषयमा सहमति जुट्ने कार्यदलमा रहेका नेपाल पक्षका नेता गोकर्ण विष्टले जानकारी दिए । पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य विष्टले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’
बैठक भोलि बिहान ८ वजे बस्ने सुवास नेम्वाङले जानकारी दिए । भोलि बिहान ८ बजे बसेर सुखद समाचार पाउनुहुनेछ, नेम्वाङले भने । सर्वाेच्च अदालतले असार २८ मा प्रतिनिधिसभा विघटनमा निर्णय दिने तयारी गरेको छ । त्यो अगाडि नै एमालेभित्रको विवाद मिलाउन नेताहरुले पहल गरेका छन् ।








महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया