एमाले कार्यदल अझै अनिर्णित, भोलि फेरि बैठक बस्ने
अव भोलि सुखद समाचार सुन्न सक्नुहुन्छ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउन कार्यदल गठन गरेर आन्तरिक छलफल तीव्र बनाएपनि त्यसको ठोस निष्कर्ष आइसकेको छैन । नेताहरु दिनहुँ बैठक बसिरहेका छन् । दिनहुँ बैठकबाट उठेपछि भोलि मिल्छ भनेकै केही दिन भइसक्यो । आज सबै विषय मिल्छ भनेर हिजो नेताहरु उठेका थिए । आज फेरि त्यही भाका अगाडि सारिएको छ ।
अब भोलि नेता-कार्यकर्ताले सुखद् समाचार सुन्न पाउनुहुनेछ, बैठकबाट उठेर नेताहरुले त्यही कुरा दोहोराएका छन् । आज बिहान बैठक बस्ने भने पनि बैठक साँझ मात्र बसेको थियो । दिउँसो नेपाल पक्षका नेताहरु माधव नेपाल भेट्न पुगेका थिए । नेता नेपाल जनै खटिरा आएका भन्दै घरमा आराम गरिरहेका छन् ।
जसकाकारण बैठक बस्नै ढिलो भएको थियो । दिउँसो २ बजे बस्ने भनेको बैठक ४ वजे सारिएको थियो । पछि ५ बजे मात्र बैठक शुरु भएको थियो ।
बैठकले आज पनि कुनै निश्कर्ष त निकालेन । तर भोलिसम्म सबै विषयमा सहमति जुट्ने कार्यदलमा रहेका नेपाल पक्षका नेता गोकर्ण विष्टले जानकारी दिए । पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य विष्टले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’
बैठक भोलि बिहान ८ वजे बस्ने सुवास नेम्वाङले जानकारी दिए । भोलि बिहान ८ बजे बसेर सुखद समाचार पाउनुहुनेछ, नेम्वाङले भने । सर्वाेच्च अदालतले असार २८ मा प्रतिनिधिसभा विघटनमा निर्णय दिने तयारी गरेको छ । त्यो अगाडि नै एमालेभित्रको विवाद मिलाउन नेताहरुले पहल गरेका छन् ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया