कांग्रेस बरिष्ठ नेता पौडेल भन्छन – ‘पार्टी नेतृत्व परिवर्तन हुन आवश्यक छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । काठमाडौंमा नेता पौडेलले संवाददाताहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समुहबाट साझा उम्मेदवार बनाउने कोशिष भईरहेको पनि नेता पौडेलले बताए ।
समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही १ जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले जानकारी दिए ।
अहिले आफुले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफु तयार रहेको उनले खुलासा गरे ।
उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशिल सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास आफुले लिएको बताए । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको उनको भनाई छ ।









सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
प्रतिक्रिया