कांग्रेस बरिष्ठ नेता पौडेल भन्छन – ‘पार्टी नेतृत्व परिवर्तन हुन आवश्यक छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । काठमाडौंमा नेता पौडेलले संवाददाताहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समुहबाट साझा उम्मेदवार बनाउने कोशिष भईरहेको पनि नेता पौडेलले बताए ।
समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही १ जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले जानकारी दिए ।
अहिले आफुले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफु तयार रहेको उनले खुलासा गरे ।
उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशिल सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास आफुले लिएको बताए । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको उनको भनाई छ ।
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया