शनिबार, माघ १०, २०८२

अदालतलाई प्रभाव पार्ने गरी सहमति हुँदैन : माधव नेपाल

सिंहदरबारमा कार्यदलको बैठक जारी

मेरोन्यूज २०७८ असार २७ गते १०:३७

काठमाडौं । नेकपा एमालेको एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका छन् । अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले यसअघि नै बताउँदै आएका थिए ।

नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका हुन् ।

अहिले सिंहदरबारमा कार्यदलको बैठक जारी छ । प्रतिनिधि सभा विघटन सम्बन्धी फैसला सोमबार आउने भएकाले त्यसअघि नै नेकपा एमाले एकढिक्का रहेको सन्देश दिन चाहेको नेताहरुको धारणा छ ।

प्रतिक्रिया