दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी। सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ ।
दुईदिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा विशेषगरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको १० प्रतिशत थप पर्यटकहरू बढिरहेको उनले जानकारी दिए ।
“सामान्यतः दुईदिने बिदाका कारण आन्तरिक पर्यटकहरू दुई दिन पोखरामा बिताएर फर्कने गरेका छन्”, उनले भने, “यसले समग्र पोखराको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पु¥याएको छ ।”
पोखरा आउने पर्यटकहरू पोखराको फेवातालसहित लेखनाथ क्षेत्रका तालहरूमा घुमफिर, जलविहार गर्नाका साथै साहसिक पर्यटनका गतविधिहरू प्याराग्लाइडिङ, बञ्जीजम्प, जिपलाइन आदिमा रमाउने गरेका छन् ।
पोखरामा रहेका धार्मिक पर्यटकीय तीर्थस्थलहरू विन्ध्यवासिनी, तालबाराही, पुम्दीकोट, गुप्तेश्वर महादेव गुफा, विश्व शान्ति स्तूप आदिमा पुग्ने गरेका छन् भने अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्ने गरेका छन् ।
आन्तरिक पर्यटन बढाउनका लागि सङ्घले यसअघि पटकपटक दुईदिने बिदाको विषय समेत उठाएको बताउँदै उहाँले यसले पोखराको मात्र नभई समग्र देशको पर्यटनमा टेवा पुगेको धारणा राखे ।
पोखराको पर्यटनमा विशेषगरी फागुन, चैत र वैशाख तथा असोज, कात्तिक र मङ्सिरलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिएको छ । वर्तमानमा होटेलहरूको क्षमताको करिब ६० प्रतिशत भरिभराउ भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
पोखराको समग्र पर्यटनमा भएको आठ खर्ब लगानीमध्ये छ खर्ब लगानी यहाँका होटेलमा रहेको उनले जानकारी दिए । उनका अनुसार करिब एक हजार २०० को सङ्ख्यामा होटेलहरू रहेको पोखराले दिनमा ४० हजार जनासम्म पर्यटक राख्न सक्छ ।
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया