नयाँ तुल्सी बाराही सप्लायर्सको शाखा पोखरामा

काठमाडौं । कृषिका नयाँ प्रविधि तथा उपकरणहरु कृषकसम्म पुर्याउने उद्देश्य लिएर नयाँ तुल्सी बाराही सप्लायर्सको प्रदेश शाखा पोखरामा खुलेको छ । पोखराको उत्तम (बुद्ध) चोकमा यसको शाखा रहेको छ ।
प्रविधिले कृषिमा आधुनिकीकरण गर्ने भएकाले विभिन्न प्रविधि कृषकसम्म पुर्याउन सहजकर्ताको भूमिका खेलेको सप्लायर्सले जनाएको छ ।
सुरुवाती समयमा सुदूरपश्चिम प्रदेशमा केन्द्रित रहेको सप्लायर्सले मुलुकभरका किसानलाई सजिलो पार्नका लागि प्रदेश १ र २ का लागि सुनसरीको इटहरी, वाग्मती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको दाङसहित विभिन्न १३ स्थानमा शाखा खोलिएको नयाँ तुल्सीले जनाएको छ ।
अझै अधिकांश कृषकले परम्परिक शैलीमा कृषि कार्य गर्दै आएकोमा कृषकलाई कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र यान्त्रिकीकरणमा जोड्नका लागि सप्लायर्सले चीन र भारतबाट कृषि सामाग्री आयात गरी यहाँका कृषकलाई वितरण गर्दै आएको छ ।
उक्त माध्यमबाट कृषिलाई अर्थतन्त्रको मेरुदण्ड स्थापित गर्नुका साथै नेपालको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा समेत सहज हुने नयाँ तुल्सी बाराही सप्लायर्सका महाप्रबन्धक परशुराम चपाईले बताए ।
पछिल्लो समय कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउन व्यवहारिक ज्ञान प्रविधिले नै दिने भएकाले किसानलाई प्रविधिको प्रयोगद्धारा सेवासुविधासँगै परियोजना समेत तयार हुने उनले बताए ।
उनले आयातित नयाँ प्रविधिको प्रयोगले ज्ञान, सीप र कलालाई केन्द्रमा राखेर भौगोलिक विविधताको समस्याको समाधान गर्नुका साथै अवसर सृजना हुने जिकीर गरे । कृषिको व्यावसायीकरण र आधुनिकीकरणको लागि प्रविधीले सबै सहर, बजार र ग्रामिण क्षेत्रमा परिवर्तन ल्याउने महाप्रबन्धक चपाईको दाबी छ ।
मेरो न्यूज डटकमसँग कुरा गर्दै उनले कृषिका लागि किसानले प्रयोग गर्ने सामाग्री उपलब्धता गराउनुको साथै कुनै समस्या आए सकेसम्म घर घरमा जाने, केही स्थानमा मर्मत केन्द्र समेत उपलब्ध गराउने योजना रहेको उल्लेख गरे ।
















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया