सोमबार, वैशाख २१, २०८३

सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

मेरोन्यूज २०८३ वैशाख २० गते १८:०५

काठमाडौं । रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण कसुरमा पनि सफाइ पाएका छन्।

Advertisement
NiccNicc

जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा फैसला गर्दै बम्जनलाई सफाइ दिएको हो । उनीमाथि लागेको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो ।

अदालतले सफाइ दिएपछि उनी जिल्ला कारागार कार्यालय, सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गर्दा ठूलो मात्रामा रकम बरामद गरेपछि बम्जनमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको थियो ।

उनीविरुद्ध बाल यौन दुरुपयोगको कसुर समेत सर्वोच्चमा विचाराधीन छ ।

प्रतिक्रिया