बैठकबाट निस्केर माधव नेपाल भेट्न गए नेता भुसाल
मेरोन्यूज
२०७८ असार २७ गते १७:०८

काठमाडौँ । नेपका एमालेभित्र देखिएको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठकबाट घनश्याम भुसाल बाहिरिएका छन् । बैठकबाट निस्केर उनी सीधै वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
बिहान सवा ९ बजेदेखि अर्थ मन्त्रालयमा बसेको बैठकबाट भुसाल बाहिरिएका हुन् । नेता नेपाल पक्षबाट कार्यदलको सदस्य रहेका उनी बैठकमा भएका छलफलबारे जानकारी गराउन नेता नेपालको निवासमा गएका हुन् ।
वरिष्ठ नेता नेपाल पक्षका कार्यदल सदस्यहरूले विवाद समाधान गर्न मस्यौदा तयार परी कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा अदालतलाई प्रभाव पार्ने शब्द नराख्न सुझाएका थिए ।
कार्यदलले आज पार्टीको सबै विवाद समाधान हुने बताइएको छ । केही दिनदेखि पार्टीको आन्तरिक विवाद मिलाउन पटकपटक बैठक बस्दै आएको छ ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया