बैठकबाट निस्केर माधव नेपाल भेट्न गए नेता भुसाल
मेरोन्यूज
२०७८ असार २७ गते १७:०८

काठमाडौँ । नेपका एमालेभित्र देखिएको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठकबाट घनश्याम भुसाल बाहिरिएका छन् । बैठकबाट निस्केर उनी सीधै वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
बिहान सवा ९ बजेदेखि अर्थ मन्त्रालयमा बसेको बैठकबाट भुसाल बाहिरिएका हुन् । नेता नेपाल पक्षबाट कार्यदलको सदस्य रहेका उनी बैठकमा भएका छलफलबारे जानकारी गराउन नेता नेपालको निवासमा गएका हुन् ।
वरिष्ठ नेता नेपाल पक्षका कार्यदल सदस्यहरूले विवाद समाधान गर्न मस्यौदा तयार परी कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा अदालतलाई प्रभाव पार्ने शब्द नराख्न सुझाएका थिए ।
कार्यदलले आज पार्टीको सबै विवाद समाधान हुने बताइएको छ । केही दिनदेखि पार्टीको आन्तरिक विवाद मिलाउन पटकपटक बैठक बस्दै आएको छ ।
सम्बन्धित








विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया