कामै नगरी रकम बाँडेर लिने अधिकृतसहित ४ जना पक्राउ
मेरोन्यूज
२०७८ असार २७ गते १७:२६

गोरखा । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ७ झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माण गर्न विनियोजन गरेको रकम काम नगरी हिनामिना गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले, इञ्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङ रहेका छन् ।
उनीहरूले आर्थिक वर्ष ०७५–०७६ मा रकम सडक निर्माण गर्न विनियोजन गरिएको रकम हिनामिना गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सडक निर्माण गर्न विनियोजन गरिएको करिब ३ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेका हुन् ।
आयोगका अनुसार अधिकृत र ठेकेदारसहित ४ जनाले कुनै काम नगरी उक्त रकम बाँडेर लिएका थिए । चारै जनालाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही गरिने आयोगले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया