विद्यार्थी संगठनद्वारा चरणबद्ध आन्दोलनको घोषणा
मेरोन्यूज
२०७८ असार २७ गते १७:४७

काठमाडौं । विपक्षी दलका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएको छ ।
संगठनले आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
आन्दोलन अन्र्तगत असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्यांकर सञ्चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।
यसअघि पाँच विद्यार्थी संगठनले विघटित संसदको पुनःस्थापना, एसइइ र १२ कक्षाको पीक्षामा देखिएको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या लगायतको माग गर्दै प्रदर्शन गरेको थियो ।

सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया