बिहीबार, चैत १२, २०८२

विपक्षी गठबन्धनविरुद्ध सरकार नै सडकमा (तस्वीरहरू)

जुली गिरी २०७८ असार २७ गते १७:५३

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आइतबार सडक प्रदर्शन गरेको छ । विपक्षी गठबन्धनका विरुद्ध सत्तारुढ एमाले सडक आन्दोलमा आएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

विपक्षी गठबन्धका असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध सत्तारुढ दल एमाले सडक प्रदर्शनमा आएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत असार १८ गते बसेको केन्द्रीय समिती बैठकमा विपक्षी गठबन्धनका विरुद्ध संघर्ष गर्न तयार रहनु पर्ने बताएका थिए । उनले भनेका थिए, ‘विपक्षी गठबन्धन एमालेलाई घेराबन्दी गर्न निर्माण भएको हो, यसलाई तोडेर जानु पर्छ, यसका लागि गेट से गो’ भनेर सिट्टी फुक्नेबित्तिकै संघर्षमा उत्रिनु पर्छ ।’

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सत्तारुढ दल एमालेकै नेता माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सहभागी रहेको छ । यो गठबन्धनले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चा बन्दी गर्दै आइरहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभाको मुद्दाको फैसला सर्वोच्च अदालतले दिने अन्तिम तयारीको पूर्व सन्ध्यामा सत्तारुढ एमालेले काठमाडौँस्थित बानेश्वरदेखि माइतीघर मण्डलासम्म शक्ति प्रदर्शन गरेको हो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया