जसपा खारेजीको मागसहित सर्वोच्चमा रिट दायर
मेरोन्यूज
२०७८ असार २७ गते १९:३४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बीच एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई बनेको जसपा खारेज गर्न माग गर्दै अदालतमा रिट परेको हो ।
तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकतादेखि त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुनविपरीत भन्दै उक्त एकता खारेज गर्न माग गरेका हुन् ।
रिटमा मुद्दा टुंगो नलाग्दासम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्य विभाजनलगायतलाई यथास्थितिमा राख्न माग गरेको छ ।
निर्वाचन आयोगमा २०७७ असार ९ गते जसपा दर्ता हुँदा राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व नगराइएको, राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण हुँदा भएको सम्झौता बमोजिम केन्द्रीय कार्यसमितिमा जनशक्ति पार्टीको प्रतिनिधित्व नभएको रिटमा उल्लेख गरिएको छ ।
सम्बन्धित
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया