विद्युत र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

म्याग्दी । विद्युत र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ ।
आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ ।
वर्सातसँगैको पहिरोले विद्युतको पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो । मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ ।
असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युत जडान गरिएको थियो । गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा विद्युत र इन्टरनेट सेवा बन्द भएको थियो ।
तत्कालै नबन्ने देखिएपछि ताकमस्थित वडा नं ७ को कार्यालयमा गएर काम गर्न थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले अरु कुनै विकल्प नभएपछि ताकम आएर आर्थिक तथा प्रशासनिक काम गर्नुपरेको बताए ।
“महत्वपूर्ण सूचना आदानप्रदानदेखि लेखाको सबै काम गर्न इन्टरनेट र विद्युत आवश्यक पर्छ । तीन दिनसम्म कुरेर बस्यौं”, उनले भने “छिट्टै बिजुली र इन्टरनेट मर्मत नहुने देखिएपछि ताकम आएर काम गरेका छौं ।”
प्रशासकीय अधिकृत शर्मा, लेखा अधिकृत कृष्ण खराल लगायत आठ जना लेखा, प्रशासन र प्राविधिक शाखाका कर्मचारी शुक्रबार ताकम गएका थिए । दुई जना काम सकेर मुना फर्किएका छन् । छ जनाले वडा कार्यालयको भवनमा बसेर काम गरिरहेका छन् ।
आर्थिक वर्षको अन्तमा योजना तथा कार्यक्रमको भुक्तानी गर्नेदेखि धेरै किसिमका प्रशासनिक कामको चाप छ । अत्यावश्यक पूर्वाधारको अभावमा कर्मचारी र सेवाग्राहीहरुलाई यता उता गरिरहँदा समस्या भएको छ । कागजात पुर्याउन र नमिलेको बनाउन समस्या भएको हो ।
ताकममा विद्युतको वैकल्पिक व्यवस्था भएपनि आइतबारसम्म नियमित इन्टरनेट थिएन । टेकमाइन्ट कम्पनीको नेट र मोबाइलको डाटाबाट फोर जी चल्न थालेपछि केही सहज भएपनि काम गर्न साह्रै समस्या भएको कर्मचारीले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष थमसरा पुनले चट्याङले क्षति पुर्याएको टावर मर्मतका लागि बेनीमा सामान नपाइएपछि पोखराबाट मगाइएको बताए ।
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया