अमेरिकाले दिएको जोनसन एण्ड जोनसन खोप काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरिकाले दिएको कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप काठमाडौं आइपुगेको छ । एक चरणमा मात्र लगाए पूग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप आज नेपाल पुगेको हो । खोप कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको हो ।
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । खोप हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अमेरिकी सरकारले दिएको खोप नेपाली नागरिकको जीवन रक्षा गर्ने बताए ।
उनले खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने बताए । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज खोप उपहारस्वरुप दिएको बताए ।
उनले अमेरिकाले राजनीति लाभका लागि खोपको व्यापार नगर्ने बताए । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने जनाएको थियो ।
अमेरिकी राजदूत र्याण्डी बेरीले गरेको सम्बोधनको पूर्णपाठ


















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया