प्रधानमन्त्रीले बोलाए ५ वजे स्थायी समिति बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठक बोलाएका छन् । पार्टीभित्रको विवाद मिलाउन गठित कार्यादलले १० वुँदे सहमति गरेपछि त्यसैमा रहेको अन्तिम वुादा अनुसार स्थायी समिति बैठकवाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक बोलाएका हुन् ।
वैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाएका हुन् । ओलीले वैठक आह्रवान गरेको बेलासम्म प्रतिनिधीसभा विघटनका सन्दर्भमा सर्वाेच्च अदालतले पनि कुनै न कुनै निर्णय दिन सक्ने सम्भावना पनि छ ।
उनले भोलि विहान ११ वजे पनि केन्द्रीय समिति बैठक पनि वोलाएका छन् ।
तर आजको स्थायी समिति बैठकमा जाने÷नजानेमा अहिले नै भन्न सकिने अवस्था छैन । यो सहमतिका केही वुँदामा नेपाल समुहभित्रै असन्तुष्टि छ । नेपाल समुहले आफु निकट केन्द्रीय समितिको भर्चुअल वैठक पनि वोलाएका छन् । त्यसवारेमा केन्द्रीय समितिले एउटा निर्णय गरेपछि मात्र आजको वैठकका बारेमा नेपाल समुहको धारणा बनाउने तयारी यो समुहको छ ।
नेपाल आफैँले पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी कार्यदलको सहमतिलाई गलत रूपमा व्याख्या गर्न नहुने बताइरहेका छन्।
यसबारे नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आजै भर्चुअल रूपमा हुने नेताहरूले बताएका छन्।
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया