विपक्षी गठबन्धनबाट बाहिरिए माधव नेपाल
सर्वाेच्चकाे फैसलासँगै परिस्थिति फेरिएकाे भन्दै एमालेकाे आन्तरिक एकीकरणमा केन्द्रित हुन नेता कार्यकर्तालाई नेता नेपालकाे निर्देशन

काठमाडाैं । प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वाेच्चकाे परमादेशसँगै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट बाहिरिएका छन् ।
आज साँझ आफ्नाे निवासमा विपक्षी गठबन्धनकाे बैठक आह्वान गरेर उनी परिस्थित फेरिएकाे भन्दै गठबन्धनबाट बाहिरएका हुन् । एमाले एकताका लागि दुई पक्षबीच १० बुँदे सहमति समेत भएकाे र अदालतले ओलीलाई बहिर्गमन गरेकाे भन्दै उनले अब आफू गठबन्धनबाट बाहिरिने निर्णय गरेका हुन् ।
नेता नेपाल विपक्षी गठबन्धनबाट बाहिरिने निर्णयमा पुगेकाे एमाले नेता विश्वमिण सुवेदीले जानकारी दिए । उनले नेता नेपालकाे निर्देशानुसार आफूहरू विपक्षी गठबन्धनबाट बाहिरिएर एमालेकाे आन्तरिक एकीकरणामा केन्द्रित भएकाे जानकारी दिए । यद्यपि, आन्तरिक एकताकाे काम अझै टुंगाेमा नपुगेकाे उनले बताए ।
एमालेभित्र देखिएकाे विवाद अन्त्य गर्न केपी शर्मा ओली र नेता नेपाल कार्यदल बनाएर सहमितकाे मिलन बिन्दु खाेज्न सहमत भएका थिए । दुवै नेताकाे सहमतिमा दुवै पक्षबाट ५ /५ सदस्यीय कार्यदल बनाइएकाे थियाे । कार्यदलले शुक्रबार राति १० बुँदे सहमति गरेकाे थियाे ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा (माआवोवादी केन्द्र), एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संघर्ष गर्ने भन्दै विपक्षी गठबन्धन निर्माण गरेका थिए ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया