देवकान्त पन्तको ८५ औं जन्मजयन्ती मनाइयाे

धनगढी । डोटेली लोक साहित्यका अन्वेषक साहित्यकार एवं संस्कृतिबिद स्वर्गीय देवकान्त पन्तको ८५औं जन्म जयन्ती कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा संस्थाका अध्यक्ष सुरत रावत (डोटेली कान्छा) को सभापतित्वमा भएकोमा कार्यक्रममा वरिष्ठ डेउडा गायक प्राज्ञ नरेन्द्रराज रेग्मी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सुप साहित्य समाजका उपाध्यक्ष तीर्थराज पाण्डेय, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली ,डेउडा प्रतिष्ठानका सचिव भवानी रेग्मी , नेपाल स्वास्थ्यकर्मी संघका डम्बर पुजारा लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी अधिकांश बक्ताले नेपाली साहित्यका एक नक्षत्र स्वर्गीय देवकान्त पन्तले आज भन्दा ३ दशक पहिले डोटेली लोक साहित्यको खोज अनुसन्धानको श्रीवृद्धि गरेकाे उल्लेख गर्दै संस्कृतिविद् पन्तको योगदान उच्च प्रशंसा गरेका थिए ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया