एकातिर मन्त्रीमण्डल बिस्तार हुन्छ, अर्कोतिर कांग्रेसको महाधिवेशन हुनुपर्छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले गठनबन्धनबाट मिलाएर नै मन्त्रीमण्डल गठन हुने बताए । डा. कोइरालाका अनुसार एकातिर मन्त्रीमण्डल बिस्तार भईरहेको हुन्छ । भने कांग्रेसलाई समयमै महाधिवेशन हुनुपर्छ ।
“मैले शेरबहादुर जीलाई अब सभापतिबाट विश्राम लिनुहोस् भन्दा उहाँ मानिरहनुभएको छैन् ,अब अन्तिम पटक सभापति बन्छु अनि तिमीलाई नै सभापति बनाउँछु भन्नुहुन्छ,”उनले सुनाए ।
कांग्रेस एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाई छ । “कांग्रेसभित्र गुट -उपगुट भएर होइन् कि एकजुट भएर अबको दिनमा अघि बढ्न पर्छ, कोइरालाले भने, “जनताले पनि अहिले कांग्रेसलाई नै खोजेका छन् ।”
उनका अनुसार कांग्रेसभित्र गुट -उपगुट भए छिन्नभिन्न भएको छ । महाधिवेशनको समयमा गुट उपगुट भए पनि महाधिवेशन सकिएपछि कांग्रेस एक ढिक्का भएरअघि बढ्नुपर्छ । त्यसमा देशलाई पनि राम्रो हुन्छ ,जनतालाई पनि राम्रो उनले उनको भनाई छ ।
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया