मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस र माओवादी आन्तरिक छलफलमा
मेरोन्यूज
२०७८ असार २९ गते १०:४३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा मन्त्री छनौट गर्न कांग्रेस नेताहरू छलफलमा जुटेका छन् ।
मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी छ । मन्त्री बन्नका लागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरूसँग देउवाले परामर्श गरेका छन् ।
आजै महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरू देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । देउवा निवासमा कांग्रेस नेताहरूको भीड बढेको छ ।
कांग्रेसका तर्फबाट पहिलोपटक दुई जना मन्त्री बन्ने भएका छन् । तर, नाम टुंगो लाग्न सकेको छैन ।
विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि मन्त्री बनाउने नेताहरू टुंगो लगाउन बिहानैदेखि छलफलमा जुटेको छ ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया