असंवैधानिक कदमलाई सच्चाएर कांग्रेस सरकार अघि बढ्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको सरकारले विधिलाई मिचेर गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सच्चाएर कांग्रेस नेतृत्वको सरकार अगाडि बढ्ने दाबी बताएका छन् ।
आज नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको विशेष बैठकलाई सम्बोधन गर्दै नेता सिंहले कोरोना महामारीको खोप सबै जनतालाई व्यवस्था गर्ने बताए । कांग्रेस सरकारको प्रभावकारिता जनताले महसुस गर्ने गरी काम गर्ने उनले दाबी गरेका छन् ।
साथै, नेता सिंहले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको असंवैधानिक कामलाई सर्वोच्च अदालतले सच्चाएको बताउँदै पछिल्लो फैसला देश र जनताको पक्षमा भएकाले अब कसैले संविधानमाथि प्रहार गर्ने हिम्मत गर्न नसक्ने बताएका छन् ।
अर्को प्रसंगमा उनले पार्टीलाई देश र जनताका लागि काम गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको बताएका छन् । १४ औँ महाधिवेशनले पार्टीलाई रुपान्तरण गर्न सक्ने नेतृत्व चयन गर्नु पर्ने उनको भनाई छ ।
उनले भने, ‘कांग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा संकटबाट उन्मुक्ति गराउँदै आएकाले अबको नेतृत्व समय सुहाउँदो हुनु पर्ने छ ।’
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया