प्रतिनिधिसभा अगाडि बढ्नेमा शंका छ : प्रधानमन्त्री ओली
‘सम्मानित अदालतबाट प्रधानमन्त्री हटाइयो, प्रधानमन्त्री बनाइयो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा अगाडि बढ्ने विषयमा शंका गरेका छन् । पदबाट राजीनामा दिने तयारी हुँदै गर्दा देशबासीको नाममा सम्बोधन गर्दै उनले यस्तो शंका गरेका हुन् ।
यस्तै, उनले आगामी सरकार र निर्वाचनको बारेमा समेत शंका गरेका छन् । उनले देश गम्भीर दिशातर्फ जान थालेको भन्दै लोकतान्त्रिक प्रणाली कमजोर भएको बताए ।
आदेश तथा परमादेशमार्फत सरकारबाट सरकारबाट हट्नु परे पनि सधै देश र जनतालाई शिरमा राखेर अगाडि बढ्ने बताए । जनताको बीचमा जान आँट नभएका विपक्षी पक्षबाट आफूलाई हटाएको बताए ।
‘सम्मानित अदालतबाट प्रधानमन्त्री हटाइयो, प्रधानमन्त्री बनाइयो,’ ओलीले भने, ‘यसका लागि अवैध गठबन्धन बनाउन पुग्यो ।’
प्रधानमन्त्री ओलीले एमालेका नेता माधव नेपाललाई लक्षित गर्दै आफ्नो पार्टीको सरकार ढाल्ने र अर्को पार्टीको प्रधानमन्त्री बनाउन गएको आरोप लगाए । ‘आफ्नो खेलाडीको खुट्टामा बल दिनु पर्नेमा विपक्षीको खुट्टामा बल दिन्छ, आफूले गोल रोक्नु पर्नेमा गोल गरिदिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
विपक्षी गठबन्धनसँग सझेदारी गरी आफूलाई हटाउन लागेको भन्दै ओलीले नेता नेपालप्रति आलोचना गरेका हुन् ।
‘मेरो नेतृत्वमा बनेको सरकार ऐतिहासिक सरकार बन्न पुगेको छ, यसका लागि सबैको साथ सहयोग रहेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
















उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया