प्रतिनिधिसभा अगाडि बढ्नेमा शंका छ : प्रधानमन्त्री ओली
‘सम्मानित अदालतबाट प्रधानमन्त्री हटाइयो, प्रधानमन्त्री बनाइयो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा अगाडि बढ्ने विषयमा शंका गरेका छन् । पदबाट राजीनामा दिने तयारी हुँदै गर्दा देशबासीको नाममा सम्बोधन गर्दै उनले यस्तो शंका गरेका हुन् ।
यस्तै, उनले आगामी सरकार र निर्वाचनको बारेमा समेत शंका गरेका छन् । उनले देश गम्भीर दिशातर्फ जान थालेको भन्दै लोकतान्त्रिक प्रणाली कमजोर भएको बताए ।
आदेश तथा परमादेशमार्फत सरकारबाट सरकारबाट हट्नु परे पनि सधै देश र जनतालाई शिरमा राखेर अगाडि बढ्ने बताए । जनताको बीचमा जान आँट नभएका विपक्षी पक्षबाट आफूलाई हटाएको बताए ।
‘सम्मानित अदालतबाट प्रधानमन्त्री हटाइयो, प्रधानमन्त्री बनाइयो,’ ओलीले भने, ‘यसका लागि अवैध गठबन्धन बनाउन पुग्यो ।’
प्रधानमन्त्री ओलीले एमालेका नेता माधव नेपाललाई लक्षित गर्दै आफ्नो पार्टीको सरकार ढाल्ने र अर्को पार्टीको प्रधानमन्त्री बनाउन गएको आरोप लगाए । ‘आफ्नो खेलाडीको खुट्टामा बल दिनु पर्नेमा विपक्षीको खुट्टामा बल दिन्छ, आफूले गोल रोक्नु पर्नेमा गोल गरिदिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
विपक्षी गठबन्धनसँग सझेदारी गरी आफूलाई हटाउन लागेको भन्दै ओलीले नेता नेपालप्रति आलोचना गरेका हुन् ।
‘मेरो नेतृत्वमा बनेको सरकार ऐतिहासिक सरकार बन्न पुगेको छ, यसका लागि सबैको साथ सहयोग रहेको छ,’ प्रधानमन्त्री ओलीले भने ।















इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
प्रतिक्रिया