राष्ट्रपति कार्यालयको गैर जिम्मेवारी, संविधानको धाराबिना प्रधानमन्त्री नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक मुलुकको प्रधानमन्त्री बनेका छन् । संविधानको धारा ७६ मा प्रधानमन्त्री चयन प्रक्रियाका विषयमा उल्लेख गरिएको छ ।
संविधानको धारा ७६ को १ देखि १० सम्म प्रधानमन्त्री चयनदेखि संसदप्रति उत्तरदायी हुनेसम्मको व्यवस्था छ । रिट निवेदकले पेश गरेको आधार र कारण पुग्ने ठहरसहित सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्न परमादेश जारी ग¥यो । सोही आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री बनाइन् ।
दिउँसो १ बजे नै देउवा प्रधानमन्त्री चयन भए पनि राष्ट्रपति कार्यालयले अपरान्ह ४ बजे देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विज्ञप्ति जारी ग¥यो । तर, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कानूनी राज्यको सामान्य सिद्धान्त पालना गरेको पाइँदैन ।
कांग्रेस सभापति देउवा मुलुकको बागडोर सम्हालन त आए । तर, संविधानको कुन धारामा भएको प्रावधान टेकेर आए भन्ने स्पष्ट पारिएको छैन । हुन त राष्ट्रपति भण्डारी र राष्ट्रपति कार्यालयलाई देउवा कुन धारामा भएको प्रावधानले प्रधानमन्त्री भए त्यो थाहा होला । तर, आम जनलाई थाहा नहुन सक्छ ।
कानूनी आधार बलियो बनाउन संविधानमा भएको व्यवस्था उल्लेख गर्नु पर्छ नै । गते पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन भएपछि नै सुरु भएको दलहरुबीचको सत्ता र शक्तिको लुछाचुडीले यो अवस्था सिर्जना गरेको हो भन्दा फरक नहोला । यो बीचमा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री बन्न संविधानको धारा ७६ को २ र ३ प्रयोग भइसकेको छ ।
कांग्रेस सभापति देउवा उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति कार्यालयको सानो गल्तीले भोलि प्रश्न उठ्ने ठाउँ खुल्ला गरेको छ । आज गरेको गल्तीमा भोलि जो कसैले प्रश्न उठाए राष्ट्रपति भण्डारी र राष्ट्रपतिको कार्यालयले त्यसको जवाफ दिनुपर्छ ।










एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया