मन्त्री छान्न तीन दलभित्रै कसरत, सकसमा देउवा र प्रचण्ड

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । सर्वाेच्च अदालतले केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला सुनाउँदै परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेपछि देउवाको शपथ हुन लागेको हो ।
राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छिन् ।
शपथसँगै देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । यसैका लागि गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र) , जसपाको उपेन्द्र पक्ष आन्तरिक तयारीमा जुटेका छन् । माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा आउन देउवाले आग्रह गरेपनि उनीहरुले अहिले नै सरकारमा सहभागी हुने विषयमा केही बताएका छैनन् ।
सरकार गठनकै विषयमा सिंहदरबारमा दिउँसो देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा छलफल भएको थियो । माओवादी केन्द्रले बिहान पार्टी स्थायी समिति बैठकमा यस विषयमा छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्रीकै नेतृतवमा गठबन्धनमा रहेका नेताहरुका शीर्ष नेता रहेको उच्चस्तरीय राजनीतिक संन्यत्र बनाउनुपर्ने गरी देउवासँग प्रस्ताव गर्ने निर्णय माओवादी केन्द्रले गरेको थियो ।
त्यही आधारमा सिंहदरवारमा देउवासँगको भेटमा प्रचण्डले त्यस्तो प्रस्ताव राखिसकेका छन् । देउवाले सकेसम्म कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका दुई -दुइ जना समेटेर आजै ७ सदस्यीय मन्त्रिमण्डल बनाउन चाहेका छन् । त्यसाे हुन नसके पनि उनले कांग्रेस र माओवादीका एक/एक जनालाई समेटेर भएपनि ३ सदस्यीय मन्त्रिमण्डल भने बनाउनेछन् ।
त्यसैका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाको आन्तरिक छलफल गरिरहेका छन् ।
कांग्रेसमा देउवालाई मन्त्री छान्न सकस छ । उनले बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मध्येबाट मन्त्री बनाउन चाहेका छन् । तर पहिलो चरणमै वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रहका आधारमा मन्त्रीमा समेटनुपर्ने दबाबमा देउवा छन् । अझ संस्थापन इतरका शेरखर कोइरालाले पनि मन्त्री बनाउने छुट्टै लिष्ट नै फोन गरेर देउवालाइ टिपाएको बताइन्छ । पौडेल पक्षबाट मीनेन्द्र रिजाल र सञ्जय गौतममध्ये एक जनालाई मन्त्री बनाउने गृहकार्य छ। गगन थापालाई स्वास्थ्यमन्त्री बनाउनु पर्ने कुरा पनि उत्तिकै कांग्रेसमा उठेको छ ।
यता माओवादी केन्द्रमा पनि मन्त्रीका आकांक्षी बढी देखिँदा प्रचण्डलाई मन्त्री छान्न सकस परेको छ । पम्फा भुसाल, जर्नादन शर्मा, देवेन्द्र पौडेललगायत नेताहको चर्चा पहिलो चरणमा भइरहेको छ । मन्त्री छनाेटका लागि प्रचण्डले नेताहरुसँग छलफल गरिरहेका छन् ।
उता जसपाको उपेन्द्र पक्षको छलफल बसिरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा पनि छलफलमा छ । आजै पहिलो चरणमै सरकारमा जाने या केही दिन पछि भन्नेमा पनि जसपामा बहस छ ।
















नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया