बुधबार, वैशाख १६, २०८३

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गाैलाको डायलाइसिस सुरू, प्रत्यारोपण गर्ने तयारी

मेरोन्यूज २०७८ असार २९ गते १७:५४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौलाको डायलाइसिस सुरू गरिएको छ।

Advertisement
NiccNicc

तीन साताअघि ‘पोस्ट कोभिड’बाट स्वास्थ्य समस्या देखिएर नर्भिक अस्पतालका भर्ना भएका खनालको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई गत असार ३ गते भारतको अपोलो अस्पताल लगिएकाे थियाे ।

नर्भिकैमा रहँदै खनालको मिर्गाैलाकाे समस्याबाट हुने लक्षण देखिएको चिकित्सकहरुले बताएका थिए । पारिवारिक स्रोतका अनुसार अहिले उनको मिर्गाैलाकाे डायलाइसिस सुरू गरि सकिएको छ।

“प्रत्यारोपणको तयारी भइरहेको छ । तर नेपाल मा कि भारतमा गर्ने भन्ने यकिन भएको छैन,”स्रोतले भन्यो ।

प्रतिक्रिया