लागुऔषधसहित ललन गिरी पक्राउ

काठमाडाैं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका ४५ वर्षीय ललन गिरी रहेका प्रहरीले जनाएको छ ।
उनको साथबाट तीन हजार ट्याब्लेट नाइट्राभेट, २०० एम्पुल ब्रुप्रेनोर्फिन, २०० एम्पुल डाइजेपाम र २०० एम्पुल फेनारगन बरामद गरिएको छ । काठमाडौंँ आउँदै गरेको बा४ख ३२९५ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित गिरीलाई फेला पारेको हो ।
यसैबीच काठमाडौँ आउँदै गरेको प्रदेश ०३–००१ ख ००८७ नम्बरको बसबाट एक हजार ५०० ट्याब्लेट लागुऔषध नाइट्राजेपाम नाइट्राभेट बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त बसको र्याकमा बेवारिसे अवस्थामा झोलाभित्र रहेको लागुऔषध प्रहरीले बरामद गरेको हो । झोलाबाट एक थान मोबाइल र एक थान भारतीय नम्बरको सिमकार्डसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।
















बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया