कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने ?

काठमाडौं । अझै पनि कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी),पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्तिले, १८ वर्षभन्दा कम उमेरका व्यक्ति,यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति र हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेलसम्म खोप लिन नमिल्ने जनाएको छ ।
मन्त्रालयका अनुसार कोभिड १९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि र कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि मात्र खोप लगाउन मिल्नेछ ।
यसैगरी, माथीको अवस्था भएका व्यक्ति बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउँन सक्ने छन् । भने खोप लगाउनु अघि आफ्नो रोग र आफुले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी समेत गराउँन मन्त्रालयले आग्रह गरेको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया