कांग्रेस वरिष्ठ नेता पौडेलले बोलाए आफू पक्षको बैठक
मेरोन्यूज
२०७८ असार ३१ गते १५:२८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षको बैठक बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठकमा महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने जनाइएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे पनि छलफल हुने बताइएको छ । यस्तै बैठकमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार जाने मन्त्रीको बारेमा पनि छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाएका छन् । उनीहरू दुबै देउवा निकट नेता हुन् । देउवाले पौडेल र कृष्णप्रसाद सिटौला तर्फबाट मन्त्री हुनेहरूको नाम मागेका छन् ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया