विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम अर्थात् छैटौं खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । घरेलु मैदानको शृङ्खलाका दुई खेलमा जित निकालेको नेपाल एक खेलमा पराजित छ । यूएईमाथि दुई जित निकालेको नेपाल यसअघि ओमानसँग पहिलो खेलमा पराजित भएको छ ।
पहिलो खेलमा यूएईमाथि ३७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा ओमानसँग १०२ रनले पराजित भएको हो । तेस्रो खेलमा भने नेपालले यूएईमाथि ६ रनको सनसनीपूर्ण जित निकालेको थियो ।
घरेलु मैदानमा सिरिजको महत्त्वपूर्ण खेलमा आज ओमानमाथि जित निकाल्दै पर्ने दबाब नेपालमाथि छ । ओमान भने त्रिवि मैदानमा नेपालसँग अहिलेसम्म अपराजित छ ।
अंक तालिकामा नेपाली टोली १६ अंकमा सातौँ स्थानमा छ। २३ खेलबाट ७ खेलमा जित र १४ खेलमा हार भोगेको नेपाली टोलीले दुई खेलमा भने अंक बाँडेको छ। नेपालभन्दा एक खेल बढी खेलेको यूएई १४ अंकमा तालिकाको पुछारमा छ।
२७ खेलबाट १४ खेलमा जित र १० खेलमा हार भोगेको ओमान भने ३१ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
नेपाली टोलीलाई एक दिवसीय वरीयता जोगाउन लिग–२ को शीर्ष ६ मा रहनुपर्ने हुन्छ। अहिले नेपाली टोलीमाथि शीर्ष ६ मा रहेर वरीयता जोगाउनुपर्ने कठिन चुनौती छ।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया