खोप अभियानसँगै ब्राजिलको कोभिड–१९ अस्पतालमा भर्ना र मृत्युदरमा कमी

रियो दि जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबिरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ ।
महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलो पटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ । यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन ।
ती अस्पतालमा अझै पनि ८० प्रतिशतभन्दा बढी सघन उपचार कक्षले बिरामीलाई सेवा दिइरहेका छन् । “खोप विशेष गरी गम्भीर अवस्थालाई रोकथाम गर्न प्रभावकारी देखिएको छ,” फियोक्रुजले भने । उनले सामाजिक दूरीलाई निरन्तरता दिनु, मास्कको प्रयोग र स्वच्छताका उपायहरूमा जोड दिँदै सम्पूर्ण जनतालाई खोप लगाउन आग्रह गरे ।
“उपलब्ध खोपहरूको प्रभावकारिता कम गर्ने सम्भाव्यतासहित भेरियन्ट्सको उदय हुने सम्भावना अझै छ यसलाई बेवास्ता गर्न सकिदैन । त्यसैले अझै स्वास्थ्य सुरक्षाका उपायलाई अबलम्बन गर्नु कोभिड नियन्त्रणका लागि आवश्यक हुनेछ”, उनले भने । सरकारद्वारा उपलब्ध गराइएको तथ्याङ्क अनुसार लगातार तेस्रो हप्तासम्म कोभिड–१९ का कारण भएका मृत्युदर र सङ्क्रमणका घटनामा कमी देखिएको छ ।
यद्यपि तिनीहरू उच्च रहेका छन् । गत हप्ता औसतमा कोभिडका कारण एक हजार ३०० को मृत्यु भएको र ४६ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा अहिले पनि मृत्युदर तीन प्रतिशतको हाराहारीमा रहेको छ । यो मृत्युदरलाई उच्च मानिन्छ । ब्राजिलमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख रहेको छ भने पाँच लाख ३५ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।










राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया