काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित
मेरोन्यूज
२०७८ साउन १ गते १९:५६

काठमाडाैं । सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो ।
काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए ।
खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । अभियानका लागि काठमाडौँ जिल्लामा ४४ खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । चीनबाट करीब आठ लाख खोप आएपछि अभियान सञ्चालन भएको थियो ।
सम्बन्धित















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया