‘नेपाललाई चीनले तिब्बत र भारतले सिक्किम बनाउन सक्दैन’

भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहता नेपाल मामिला जानकार मानिन्छन् । ८१ वर्षका अशोक मेहता यो उमेरमा समेत उत्तिकै सक्रिय छन् । रेडियो, टिभी र अनलाइनमा अन्तर्वार्ता दिइरहेका हुन्छन् ।
नेपाली मिडियाले त नेपाल–भारत राजनीतिक, सुरक्षा मामिलाको प्रसंग आउने बित्तिकै विश्लेषकका रुपमा उनलाई छुटाउँदैनन् । मेहता भारतको नोयडास्थित रामबिहारमा रिटायर्ड जीवन बाँचिरहेका छन् । मेहताले आफ्नै निवासमा राजनीति र समसामयिक विषयमा नरेन्द्र रौलेसँग खुलेर कुराकानी गरेका थिए :
तपाई राम्रो नेपाली बोल्नु हुन्छ, कसरी सिक्नु भयो ?
उहिल्यैदेखि हो, यो । हाम्रो इण्डियामा गोर्खालीमा पल्टनमा भर्ना भएको २०१४ सालमा हो । पल्टनमा भर्ती हुने बित्तिकै ६ महिनाभित्र नेपाली भाषा सिक्नै पथ्र्यो । पहिला सरल नेपाली, पछि पूरक नेपाली भाषाको परीक्षा दिनु पथ्र्यो । त्यसरी सिकेँ ।
नेपालमा पहिलोपटक कहिले पाइला टेक्नु भयो ?
२०१६ सालमा । त्योबेला अमलेखगञ्जबाट हिंडेर गएको हो । भीमफेदी, थानकोट हुँदै काठमाडौँ गएको हो । २ अक्टोबरमा महात्मा गान्धीको जन्मदिन थियो । काठमाडौंमा बाटो, बिजुली केही थिएन ।
हामी भारतीय दुताबासमा तीन रात बस्यौं । त्यो बेला दुई महिना नेपाल बसाई भयो । सुरुमा काठमाडौं, पोखरा, घान्दु्रक पुग्यौं । घान्दु्रकबाट आँधीखोला, भैरहवासम्म पनि हिँडेरै पुगेका थियौँ ।
पछिल्लोपटक नेपाल कहिले जानु भयो ?
म त सालमा दुई पटक नेपाल गइरहन्छु । ६० पटक जति नेपालमा पाइला टेकेँ हुँला । यति धेरैपटक त अन्य कुनै देश गएको छैन ।
नेपालसँग तपाईंको नाता गहिरो छ, कसरी सम्भव भयो ?
बहुत गहिरो छ । नेपालमा मेरा धेरै साथीहरू छन् । पल्टनमा बसेका भूपु सैनिकहरू छन् । नेपालमा नयाँ–नयाँ साथीहरू छन् । नेपाली सेनाका अधिकृत, नेपालका कुटनीतिज्ञ, नेपाली नेताहरूलाई चिन्छु । ऋषिकेश शाह, जो नेपालका सबैभन्दा जवान विदेश मन्त्री थिए । उनले भन्थे, ‘मेहतासाब नेपालको ज्वाँइ हो ।’ मैले पत्नीलाई समेत नेपाली बनाइसकेँ । उ मसँग नेपाल घुम्न जान्छे । उ पनि नेपालका बारेमा पूरा जानकारी राख्छे । उसले नेपाली समेत बोल्छिन् ।
८१ वर्षको उमेरमा निकै सक्रिय हुनुहुन्छ, अध्ययन, भ्रमण र विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ, अझै आफूलाई जवान महशुस गर्नु हुन्छ ?
म त आफूलाई भर्खरको केटा जस्तो ठान्छु । पल्टनमा गएपछि, त्यहाँ जवान केटाहरूले ‘बुढो साब आयो’ भन्छन् । म भन्छु, ‘म बुढो साब हैन । दिल, दिमागले एकदमै जवान छु ।’ अनि जबसम्म दिल, दिमाग जवान हुन्न तब काम हुन्न । आफ्नो शरीर, तन, मन फिट्फाट् राख्नु पर्छ । तब मात्र नेपालमा गएर कोदोको रक्सी खान पाइन्छ ।
हिजोआज तपाइको दैनिकी कसरी बितिरहेको छ ?
बिहान व्यायाम गर्छु । विभिन्न कार्यक्रमहरूमा भाग लिइरहन्छु । लेक्चर दिन जान्छु । केहीअघि इण्डिया इन्टरनेश्नल सेन्टरमा कन्फ्रेन्स थियो । शीर्षक थियो, चाइनिज् राइज् इन नेपाल । नेपालमा कसरी चीनको प्रभाव बढिरहेको छ ? भारतको प्रभाव कसरी घटिरहेको छ ? मैले आफ्नो कार्यपत्र प्रस्तुत गरेँ । विभिन्न टिभी, रेडियोले अन्तर्वार्ताका लागि बोलाउँछन् । यसरी नै दिन बित्छ ।
नेपालमा चीनको प्रभाव बढेको र भारतको घटेको प्रसंग उप्काइहाल्नु भयो । यसलाई कसरी व्याख्या गर्न सकिन्छ ?
मेरो विचारमा कुटनीतिक, राजनीतिक तरिकाले हेर्ने हो भने अहिले नेपालमा चीनको उपस्थिति, प्रभाव भारतभन्दा अगाडि छ । त्यसको मुख्य कारण ओली नेतृत्वको सरकार नै थियो । मनमोहन अधिकारीको पालामा पनि कम्युनिष्ट सरकार थियो । तर, केहीअघि दुई तिहाईको शक्तिशाली सरकार थियो । पछि मिलीजुली सरकार बन्थे । यस्तो राजनीतिक अवस्था पहिले थिएन ।

भारतले सन् २०१५ मा नेपालले आफ्नो नयाँ संविधान लेखिराखेको बेला मधेसी र जनजातिको विषय समेट्नु पर्छ भनेको थियो । त्यसपश्चात् नेपालमा नाकाबन्दी भयो । त्यसबाट जुन दुःख, समस्या नेपालीहरूमा प¥यो, त्यसले भारतप्रति नकारात्मक भाव पैदा गर्यो ।
घटनाक्रमहरूले चीनसँग नजिक हुने वातावरण सिर्जना भयो । तर, नेपाल पूरै चीनको मातहतमा चल्न सक्दैन । भौगोलिक हिसाबले भारत नै नजिक छ । नेपालसँग चीनको भाषा र अन्य कुरा मिल्दैन ।
भारतले चाह्यो भने नेपाललाई कस्मिर बनाउन सक्छ भनेर नेपाली कांग्रेसका नेता प्रदीप गिरीले केही अघि भन्नु भएको थियो । के भारतले नेपाललाई यस्तै बनाउन सक्छ ?
असम्भव । प्रदीप गिरी मेरा घनिष्ठ मित्र हुनु हुन्छ । उहाँले किन यस्तो बोल्नु भयो ? त्यो त भनाई मात्र हो । नेपाल, नेपाल नै रहन्छ । नेपाललाई चीनले तिब्बत जस्तो खोस्न सक्दैन । भारतले सिक्किम बनाउने कुरा व्यर्थ हो ।
नेपालमा राजतन्त्र फर्किने वा फर्काउने प्रसंग बेलाबेला चर्चा चल्छ । त्यो सम्भव छ ?
त्यो पनि असम्भव । जबसम्म दुई तिहाइको सरकार थियो, त्यो बेला पनि सम्भवै थिएन । फेरि, राजतन्त्र त माओवादीले फालेको हो ।
नेपालमा भारतले चाह्यो भने जे पनि हुन्छ भन्ने सुनिन्छ । हरेक घटनाका पछाडि भारतलाई दोष दिइन्छ । तपाईको अनुभवले के भन्छ ?
त्यो कुरा थियो । १९५० मा राणा शासनलाई हटाएको घटनामा हात थियो । तर १९५९ मा राजा महेन्द्रले कोइराला सरकारलाई हटाउँदा भारतले आपत्ति मात्र जनायो । केही गर्न सकेन । नेहरु जीले यो ठिक भएन भन्नु भयो । १९९० मा जब बहुदल आयो, त्यसमा भारतको हात थियो । २००५ मा माओवादी, सात दल र राजालाई कसरी मिलाउने भन्ने निर्णय नेपालकै हो ।
भारत सरकारको फैसला थिएन । भारतले सहजीकरण मात्र गरेको हो । मद्दत गरेको हो । २००८ मा जुन चुनाव भयो, त्यसमा भारतको हात थियो ।
नेपाल भारतसँको सम्बन्धलाई कसरी नियालिरहनु भएको छ ?
भारत र नेपालका जनता–जनताबीच सम्बन्ध ठिक छ । कुटनीतिक, राजनीतिक सम्बन्ध पनि अब्बल दर्जाको छ । तर, चीनको तुलनामा यतिबेला भारत तल नै छ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया