प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी, २ मन्त्रीले लिए सपथ
मेरोन्यूज
२०७८ साउन २ गते १७:२०

काठमाडौँ । प्रदेश २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी भएको हो ।
मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुवी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
शनिबार मधेस भवनमा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउतमार्फत पद तथा गोपनियताको शपथ लिएका छन् ।
यस्तै, माओवादी केन्द्रबाट मन्त्री नियुक्त गर्नुअघि दुई मन्त्रीले राजीनामा दिएका थिए । जनता समाजवादी पार्टी (जसपा)बाट आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुसवाहले राजीनामा दिएका हुन् ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया