प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी, २ मन्त्रीले लिए सपथ
मेरोन्यूज
२०७८ साउन २ गते १७:२०

काठमाडौँ । प्रदेश २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी भएको हो ।
मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुवी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
शनिबार मधेस भवनमा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउतमार्फत पद तथा गोपनियताको शपथ लिएका छन् ।
यस्तै, माओवादी केन्द्रबाट मन्त्री नियुक्त गर्नुअघि दुई मन्त्रीले राजीनामा दिएका थिए । जनता समाजवादी पार्टी (जसपा)बाट आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुसवाहले राजीनामा दिएका हुन् ।
सम्बन्धित
















जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया