उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्याइयो खोप

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुर्याएको छ । मौसम खराबीका कारण यसअघि नै पुर्याउने भनिएको खोप आज मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिए ।
जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उनले बताए ।
“सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत खोप पुर्याएको हो”, शाखा प्रमुख खत्रीले भने, “शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ ।”
भेरोसिल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पुर्याएको प्रमुख खत्रीले बताए । चुमन्रवी पुर्याइएको खोप गाउँपालिका भित्रका १८ वर्षदेखि माथिका उमेर समूहका सबैलाई लगाइने उनको भनाइ छ ।
सो क्षेत्रमा तीन हजार ७०८ नागरिक बस्दै आएका छन् । केहीले यसअघि नै खोप लगाइ सकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएकोे प्रमुख खत्रीले जानकारी दिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया