आजको राशिफल : तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको तीन गते आइतबार, आषाढ शुक्लपक्षको नवमी तिथि रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।
मेष
आफ्नो जीवनसाथिप्रति समर्पित रहेर कार्य व्यवहारहरु गर्न मन लाग्ने छ । प्रेमात्मक स्वाभाव हुने छ । पेशाप्रति केन्द्रीत हुने स्वाभावमा बृद्धि हुने छ । पेशागत क्षेत्रमा उन्नति, प्रगति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला ।
वृष
निर्णय क्षमतामा गिरावट देखा पर्ने छ । मनमा दुविधाका क्रमहरु एकपछि अर्काे गरि आउने छन् । पेशागत क्षेत्रबाट लाभ प्राप्त हुने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । बोलीको प्रभावमा बृद्धि हुन जाने छ । रिस भने अत्यन्त कडा प्रकृतिको हुने भएकाले संयमित रहनु होला ।
मिथुन
धन सम्पत्ति शिक्षा वा क्षमता अभिबृद्धिमा लगाउन मन लाग्ने छ । बोलीमा प्रभावकारीता बृद्धि हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । बाठो प्रकृतिको व्यक्तित्व हुने छ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित भावमा तिब्रता आउने छ । भाग्यको साथ नभएका कारण धैर्य हुँदै अघि बढ्न ध्यान दिँदा उपयुक्त हुने छ ।
कर्कट
सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोग गर्न मन लाग्ने छ । मनोबलमा कमि देखा पर्ने छ । दुविधात्मक शैलीको व्यक्तित्व हुन जाने छ । पेशागत जीवनमा उल्झनहरु देखा पर्न जाने हुँदा संयमित रहनु होला । परिवारको आड भरोसाले गर्दा अप्ठ्यारो परिस्थितिमा संहालिन मद्धत पुग्ने छ ।
सिंह
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने वा निर्णय लिनु पर्ने समय रहेको छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जाने छ भने आम्दानीका विषयमा बोली प्रभावकारी बन्न पुग्ने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा अन्योल जस्तो बन्न पुग्ने छ ।
कन्या
बोलीमा नरमपना र शितलता देखा पर्ने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । आफ्ना सपना, लक्ष्य तथा आम्दानी परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय खुबीमा बृद्धि हुने छ ।
तुला
शितल खालको व्यक्तित्व बन्ने छ । बोलीमा भने अलि कटु प्रकृतिको भाव बृद्धि हुने हुँदा ध्यान दिनु होला । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुन पुग्ने छ । अध्ययन अध्यापनमा भने प्रगति हुने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अवस्था सन्तुलित रहन ठुलो मद्धत प्राप्त हुने छ ।
वृश्चिक
विदेश यात्रातर्फ सोचहरु आउने छन् । मनमा उदासिनताको मात्रा बढ्न जाने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न प्रयास गर्नु होला । पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि बृद्धि देखिने छ । बोलीको प्रभावमा भने कमि आउने हुँदा धेरै बोल्ने भन्दा कम तर प्रभावरी बनाउने प्रयास गर्नु उपयुक्त हुने छ ।
धनु
धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । आम्दानी तथा सपनाका विषयमा सन्तोषजनक प्रगति हुने छैन् । विभिन्न खाले अवरोधहरुको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । जीवनसाथिको साथसहित पेशागत क्षेत्रलाई अघि बढाएमा जोखिम कम हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ ।
मकर
व्यक्तित्व दृढ खालको हुने छ । कतिपय अवस्थामा आवश्यकता भन्दा बढि कडा खालको व्यक्तित्व बन्ने भएकाले अन्य व्यक्तिहरुले घमण्डि जस्तो अनूभुत समेत गर्ने भएकाले यसबारेमा सतर्क रहनु होला । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छन् ।
कुम्भ
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । चतुरतामा बृद्धि हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता आउने छ । यसले पेशागत जीवनमा पनि असर पर्ने देखिएकाले अरुको कुरा भन्दा पनि आफ्नो भित्रि मनमा लागेका कुराहरु गर्ने तर्फ जाँदा पेशागत जीवनमा फाइदा मिल्ने छ ।
मीन
आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने नसोचेका समस्याहरु देखा पर्ने भएकाले सतर्कतासहित कदम चाल्नु होला । दाम्पत्य जीवनमा मधुरता आउने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा जोखिमबाट बच्न सकिने छ । मनमा खिन्नता र उदासिनताको मात्रा बढ्न पुग्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया