ओली सरकारको निर्णयमा देउवाको छेकबार
रोकियो ११ राजदुतको नियुक्ति प्रक्रिया, अब के हुन्छ ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठमा ११ मुलुकका लागि अगाडी बढाएको राजदुत नियुक्तिको प्रक्रिया कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रद्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले ति सबै नियुक्ति प्रक्रिया हाललाई रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदुत नियुक्ति गर्ने सिफारिस गरेर नियुक्ति प्रक्रिया अगाडी बढाएको थियो ।
परराष्ट्रले ति देशका राजदुतका लागि एग्रिमोका लागि पत्राचार गरिसकेको थियो । अब ति देशमा नयाँ प्रक्रिया थाल्ने निष्कर्षमा सरकार पुगेको हो ।
देउवा सरकारमा आएपछि ओली सरकारले गरेको निर्णय रोक्ने यो पहिलो स्टेप चालेका हुन् । देउवाले ओली सरकारले ससदको संसदीय सुनुवाई समितिमा छलफल नै नभई गरिएका नियुक्तिका सवालमा नयाँ प्रक्रियाबाट स्टेप चालिने बताउँदै आएका थिए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया