आइतबार, वैशाख ६, २०८३

ओली सरकारको निर्णयमा देउवाको छेकबार

रोकियो ११ राजदुतको नियुक्ति प्रक्रिया, अब के हुन्छ ?

मेरोन्यूज २०७८ साउन ३ गते १०:०५

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठमा ११ मुलुकका लागि अगाडी बढाएको राजदुत नियुक्तिको प्रक्रिया कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रद्द गर्ने निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले ति सबै नियुक्ति प्रक्रिया हाललाई रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदुत नियुक्ति गर्ने सिफारिस गरेर नियुक्ति प्रक्रिया अगाडी बढाएको थियो ।

परराष्ट्रले ति देशका राजदुतका लागि एग्रिमोका लागि पत्राचार गरिसकेको थियो । अब ति देशमा नयाँ प्रक्रिया थाल्ने निष्कर्षमा सरकार पुगेको हो ।

देउवा सरकारमा आएपछि ओली सरकारले गरेको निर्णय रोक्ने यो पहिलो स्टेप चालेका हुन् । देउवाले ओली सरकारले ससदको संसदीय सुनुवाई समितिमा छलफल नै नभई गरिएका नियुक्तिका सवालमा नयाँ प्रक्रियाबाट स्टेप चालिने बताउँदै आएका थिए ।

प्रतिक्रिया