जसपा विवाद
जसपामा यादव र ठाकुर पक्षको छिनोफानो हुँदै, पार्टीको आधिकारिकता पाउने आधार यी हुन

काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलासमा आजबाट छलफल सुरु हुँदै छ ।
कान्तिपथस्थित आयोगको कार्यालयमा विहान ११ बजे सुरु हुने इजलासमा दुबै पक्षका कानून व्यवसायीले राय पेश गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुबै पक्षका कानून व्यवसायीले तथ्य र प्रमाण सहितको राय दिएपछि इजलासले निर्णय गर्ने श्रेष्ठले बताए ।
राजनीतिक दल सम्वन्धी ऐनमा पार्टी फुटाउन केन्द्रयि सदस्य र संघीय सांसद कम्तिमा ४० प्रतिशत हुनुपर्ने प्रावधान छ । जसपामा यादव सहित अर्का अध्यक्ष महन्थ ठाकुर समुहले पार्टीमा आ–आफ्नै दाबी गर्दै आएका छन् ।
उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएपछि निर्वाचन आयोगले असार २२ गते दुबै पक्षलाई सहमतिका लागि बोलाएको थियो ।
ऐनमा भएको व्यवस्था अनुसार विवाद निरुपण हुन नसकेपछि आयोग पदाधिकारीको गत असार २३ गते बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।
इजलासमा ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा सदस्य छन् ।
अदालती प्रक्रियाबाट अघि बढ्ने भएपछि अब जुन पक्षले मजबुद प्रमाण पेश गर्छ पार्टीको आधिकारिकता उसैले पाउने छ ।
















Composition of the 15-member Council of Ministers
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया