प्रधानमन्त्री देउवाले संसदमा आजै विश्वासको मत लिने, पाउलान त विश्वासकाे मत, यस्ताे छ समिकरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । संसदमा विश्वासको मत लिएपछि मात्रै मन्त्रमिण्डल विस्तार गर्ने रणनीतिमा लागेको देउवाले ढिलो नगरी विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।
उनले आज देखि शुरु हुन लागेको पूर्नस्थापित संसदको अधिवेशनवाटै विश्वासको मत लिने गरी तयारी गरेको बताईएको छ । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
सोही व्यवस्था बमोजिम प्रधानमन्त्री देउवाले ढिलो नगरी विश्वासको मत लिने गरी अन्तिम तयारीमा जुटेका हुन् । त्यसका लागि उनले आजै प्रक्रिया पूरा गर्न खोजेको कांग्रेसका एक नेताले बताए ।
सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई गत असार २९ गते मंगलबार प्रधानमन्त्री पदमा नियुक्ति गरेकी थिइन् ।
संसद बैठक अगाडी सत्ता पक्षका दुवै दल कांग्रेस र माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएका छन् । माओवादी दलको बैठक अहिले विहान ११ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बस्दैछ । त्यस्तै कांग्रेस दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ ।
एमालेभित्रको माधव नेपाल समुहले पनि विश्वासको मत दिने गरी देउवालाई वचन दिएको छ । तर ढिलो नगर्न उक्त समुहको पनि आग्रह रहेको आधारमा देउवाले सम्भवत आजै विश्वासको मत लिने गरी तयारी गरेका हुन् ।
जसपाको उपेन्द्र बाबुराम पक्ष पनि विश्वासको मतमा ढिलाई गर्न नहुने रणनीतिमा छ ।
देउवाले विश्वासको मतका लागि कुल सांसदको बहुमत जुटाउनु पर्ने हुन्छ । अर्थात १३६ सांसदको मत उनलाई आवश्यक पर्छ ।
देउवालाई १३६ मत भए पुग्ने
प्रधानमन्त्री देउवालाई विद्यामन संसद संख्यामा १३६ मत भए पुग्ने देखिन्छ। हाल २७१ जना सांसद कायम छन्। कांग्रेसका ६१, एमालेका १२१, माओवादीका ४९, जसपाका ३२, जनमोर्चाका १, नेमकिपाका १ र राप्रपाका १ जना गरी हाल संसदमा २७१ जना सांसद छन्।
जसमध्ये एमालेका ९८ जना, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले विश्वासको मतको विपक्षमा मत दिने छन्। यसरी हेर्दा देउवाले डेढ सयको हाराहारीमा मत पाउने अनुमान गरिएको छ। एमालेका माधव पक्षका २३ जनाले देउवालाई मत दिने सम्भावना देखिन्छ ।
देउवालाई प्रधानमन्त्री बनाउन भन्दै राष्ट्रपतिकोमा १४९ सांसदको हस्ताक्षर पुगेको थियो । त्यस्तै सर्वोच्च अदालतमा १४६ सांसदको हस्ताक्षर पुगेको थियो ।
विश्वासको मत लिन नसके संविधानको धारा ७६ (५) अनुसारका प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले नै प्रतिनिधिसभा विघटन गरेर आफ्नै नेतृत्वमा चुनावको घोषणा गरेर जान पाउने संवैधानिक व्यवस्था छ।
तर विश्वासको मत लिन सकेमा अबको १७ महिनासम्म देउवाले प्रधानमन्त्रीमा निरन्तरता पाउने छन् ।
एमाले नेता गोकुलले पनि समाजिक सन्जालमा देउवाले विश्वासको मत आजै लिने रे भन्दै भनेका छन्, आजै लिने भएछन विश्वासको मत । हिजोको कांडाघारी प्रबन्ध र कोटेश्वर बैठकको फिडब्याक आउटकम !!!
जति ढिलो गर्यो उति एमाले भित्रको माधव नेपाल समुहमा ओलीले खेल्न सक्ने र अन्य चलखेल गरेर विश्वासको मत लिने गरी संख्या पुर् याउन नसक्ने अवस्था आउन सक्ने भएकाले पनि देउवाले आजै विश्वासको मत लिन चाहेका हुन् ।
अहिले सिंहदरबारमा बस्न लागेको कार्यव्यवस्था परमामर्श समितिको बैठकमा आजै विश्वासको मत लिने बारेमा कांग्रेसले जानकारी गराउने छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वासको मतको प्रस्ताव लैजाने तयारी गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटालाई विश्वासको मत लिने सम्बन्धनमा सरकारले जानकारी गराइसकेको छ ।
प्रधानमन्त्रीले बिश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ। आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुने बताइएको छ ।









चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलः सोमबार दुई खेल हुने
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया