एमाले बैठक च्यासलमा जारी, आज पनि सहभागी भएन नेपाल पक्ष

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटिको वैठक वसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाइएको केन्द्रीय समितिको एजेण्डा तय गर्न र आजै प्रधानमन्त्री शेरवहादुर देउवाले संसदमा लिन लागेको विश्वासको मतका विषयमा थप छलफल स्थायी कमिटि बैठकमा हुदैछ ।
पार्टीभित्रकै माधव नेपाल समुहले कांग्रेस सभापति शेरवहादुर देउवा लाई विश्वासको मत दिन सक्ने देखिएपछि यस वारेमा पनि आजको स्थायी कमिटि बैठकमा छलफल हुन लागेको छ ।
शुक्रवार वसेको स्थायी कमिटि र संसदीय दलको वैठकले पार्टी प्रतिपक्षमा बस्ने र देउवालाई विश्वासको मत नदिने सस्थागत निर्णय गरेको थियो । त्यस्तै सर्वाेच्च अदालतले संसद पूर्नस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको कार्यान्वयन गरेपनि त्यसले पार्ने दीर्घकालिन सर र दलीय ब्ववस्था माथी पर्न सक्ने जोखिमका वारेमा भण्डाफोर अभियान देशब्यापी चलाउने निर्णय लिएको थियो ।
एमालेले देउवालाई विश्वासको मत दिने एमालेको निर्णय नभएकोले कसैले दिएमा त्यो एमालेको सदस्य हुन नसक्ने र उसको ब्यक्तिगत धारणा हुने सम्मको चेतावनी ओलीले नेपाल पक्षलाई दिईसकेका छन् ।
एमालेको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गरेको गरेको प्रयास अनुसार कार्यदलको १० वुँदे प्रस्ताव समेत स्थायी कमिटिले यस अगाडी नै स्वामित्व ग्रहण गरेर विघटन गरिसकेको छ । कार्यादलले दिएको प्रस्तावलाई पनि उसले भोलिको केन्द्रीय कमिटिको एजेण्डा भने बनाउँदैछ ।
तर कार्यदलले प्रतिवेदन वुझाउँदा सम्म एमालेभित्र नेपाल र ओलीका वीचमा मिलाप नदेखिएपछि कार्यदलमा रहेका दोस्रो तहका नेताहरुले एकताको फेरि प्रयास गरेका थिए । त्यही क्रममा कार्यदलका सदस्यले ओलीलाई हिजै साझ वालकोटा पुगेर भेटेर केही दिन बैठक रोकेर नेपालसँग छलफल गर्न सुझाएका थिए ।
तर ओलीले नेपालले छलफलमा बस्नै नरुचाएकोले नेपालसँगै गएर कुरागर्न भनेका थिए ।

कार्यदलका सदस्यरहेका नेताहरुले आज विहान नेपाललाई समेत गएर भेटेका थिए । तर नेपालले नेताहरुको प्रस्तावमा सहमति नजनाएपछि अहिलेसममको एकता प्रयास निरर्थक रहेको बताईरहेका बेला एमाले स्थायीक मिटि बैठक शुरु भएको हो ।
बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा चलिरहेको छ । बैठकमा नेपाल पक्ष मात्रै होइन, उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छैनन । उनी वालुवाटारमा भएको बैठकमा भने सहभागी भएका थिए । त्यसपछि फेरि बैठकमा जान छोडेका छन् ।











नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया