सोमबार, वैशाख २१, २०८३

​​​​​​​संवैधानिक परिषद् सम्बन्धि अध्यादेश राष्ट्रपति भण्डारीद्धारा खारेज

मेरोन्यूज २०७८ साउन ३ गते १५:१९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन्। राष्ट्रपति कार्यालयले आइतबार (आज) विज्ञप्ति जारी गरि मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

Advertisement
NiccNicc


संविधान अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख,प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता सदस्य रहन्छन्।

प्रतिक्रिया