नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्सेमा हरियाली

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको पहिलो दिन (आज) आइतबार उल्लेख्य सुधार आएको छ ।
नेप्से परिसुचक ९७ दशमलब २१ अंकले उकालो लागेर २ हजार ९ सय ८० दशमलब ६१ बिन्दुमा पुगेको छ । यो गत आर्थिक वर्षको अन्तिम दिन अर्थात् यस अघिको कारोबारभन्दा ३ दशमलब ३७ प्रतिशतले बढी हो ।
नयाँ आर्थिक वर्ष २०७८÷७९ को पहिलो कारोबारमा सबै ११ कम्पनी समुहका उपसुचकमा सुधार आएको स्टक एक्सचेञ्जले जनाएको छ । क वर्गका कम्पनी समुहको उपसुचक १९ दशमलब ५५ अंकले बढेको छ ।
कूल २ सय २१ कम्पनीको १ लाख १६ हजार २ सय ९४ कारोबारबाट ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएका छन् ।
गत शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रियामा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार विकास सरकारको प्राथमिकतामा भएको बताएका थिए । सरकारको राजस्वको राम्रो स्रोतको रुपमा रहेको पूँजीबजारको हितमा काम गर्ने अर्थमन्त्री शर्माको भनाईसँगै शेयरमा आकर्षण बढेको लगानीकर्ताले दाबी गरेका छन् ।
जसले गर्दा पहिलो दिन आइतबार नै प्रि – ओपन सेसनमा ४१ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर छ । आज प्रि ओपनमा सूचक ९ दशमलब ७ अंकले बढेको छ ।
आज प्रि ओपनमा नेपाल बंगलादेश बैंक, एनएचपीसी, प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुर्खाज फाइनान्स लगायतका कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ ।
यसैबीच, साउन ३ गते आइतबारदेखि संशोधित धितोपत्र कारोबार संचालन विनियमावलीको ब्यबस्था बमोजिम शेयर कारोबार सुरु भएको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड संचालक समितिको असार ३० गते बुधबार बसेको वैठकले साउन ३ देखि लागु हुने गरि धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ स्वीकृत गरेको थियो ।
यस संगै अब प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउछ । यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने भएको हो ।
यस्तो ब्यबस्थाले प्रि ओपन सेसनमा हुने अस्वभाविक उतारचढाव ब्यबस्थित हुने विश्वास गरिएको छ । हाल साढे १० देखि पौने ११ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ ।
त्यस्तै आइतबारदेखि न्युनतम मुल्य परिवर्तन सीमा १ रुपैयाँबाट घटेर १० पैसा कायम भएको छ । लगानीकर्ताले १० पैसा वा १० ले भाग जाने मूल्यमा अर्डर हाल्न सक्ने छन् । यसबाट लगानीकर्ताले प्रतिस्पर्धी मूल्यमा शेयर खरिद बिक्रि गर्न सक्ने विश्वास गरिएको छ ।
यो ब्यबस्था लागु भएपछि लगानीकर्ताले पैसा समेत उल्लेख गरेर शेयर खरिद बिक्रि गर्न सक्ने छन् । जस्तै लगानीकर्ताले २ सय रुपैयाँ १० पैसा, २ सय रुपैयाँ २० पैसाको अर्डर गर्न सक्ने छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया