संसदमा अनिवार्य उपस्थित हुन पार्टी सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । सरकारको नेतृत्व गरेको काग्रेसले प्रधानमन्त्री शेरवहादुर देउवाले आज संसदमा लिन लागेको विश्वासको मतको प्षमा मतदान गर्न आफ्नो पार्टीका सवै सांसदलाई अनिवार्य उपस्थितीका लागि ह्वीप लगाएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा वसेको काग्रेस संसदीय दलको बैठकले अनिवार्य उपस्थित हुन आफनो पार्टीका सांसदलाई निर्देशन जारी गरेको हो ।
देउवाले आज संसदको दोस्रो सत्रमा विश्वासको मत लिदैछन् ।
उनी संविधानको धारा ७६(५) अनुसार सर्वोच्च अदालतको परमादेशका आधारमा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ । त्यही ब्यवस्थाका आधारमा आज संसद चल्ने शुरुकै दिन विश्वासको मत लिन लागेका हुन् ।
दल बैठकले सभापति देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । साथै विश्वासको मत अन्य पार्टीवाट दिलाउन पनि भूमिका खेल्ने निर्णय कांग्रेसको छ ।
सोही कारण आजको बैठकमा पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित निर्देशन पनि दिएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी ९उपेन्द्र यादव० पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया