संसदमा अनिवार्य उपस्थित हुन पार्टी सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । सरकारको नेतृत्व गरेको काग्रेसले प्रधानमन्त्री शेरवहादुर देउवाले आज संसदमा लिन लागेको विश्वासको मतको प्षमा मतदान गर्न आफ्नो पार्टीका सवै सांसदलाई अनिवार्य उपस्थितीका लागि ह्वीप लगाएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा वसेको काग्रेस संसदीय दलको बैठकले अनिवार्य उपस्थित हुन आफनो पार्टीका सांसदलाई निर्देशन जारी गरेको हो ।
देउवाले आज संसदको दोस्रो सत्रमा विश्वासको मत लिदैछन् ।
उनी संविधानको धारा ७६(५) अनुसार सर्वोच्च अदालतको परमादेशका आधारमा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ । त्यही ब्यवस्थाका आधारमा आज संसद चल्ने शुरुकै दिन विश्वासको मत लिन लागेका हुन् ।
दल बैठकले सभापति देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । साथै विश्वासको मत अन्य पार्टीवाट दिलाउन पनि भूमिका खेल्ने निर्णय कांग्रेसको छ ।
सोही कारण आजको बैठकमा पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित निर्देशन पनि दिएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी ९उपेन्द्र यादव० पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया