प्रधानमन्त्री देउवाले पाए १६५ मत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापनसँगै बसेको बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।
प्रधानमन्त्री देउवाले कूल खसेकाे मतमध्ये १६५ मत पाएका छन् । कूल २४९ मत खसेकाे मध्ये उनले १६५ मत पाएका हुन् । उनको विपक्षीमा ८३ मत खसेको छ । उनलाई बहुमत प्राप्त गर्नका लागि कूल मतकाे १३६ मत आवश्यक रहेको थियो ।
उनको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाका सांसदहरूले मत दिएका हुन् ।
गत २९ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापना र संविधानको धारा ७६(५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
यससँगै देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने प्रावधान भए पनि देउवाले पुनर्स्थापित बैठकको पहिलो दिन नै विश्वासको मत लिएका हुन् । मतदान सकिए पनि घोषणा हुन बाँकी रहेकाे छ ।
















प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया