प्रधानमन्त्री देउवाले गरे खोप कार्यक्रमको उद्घाटन
जुली गिरी
२०७८ साउन ४ गते ११:०९

काठमाडौँ । अमेरिकाबाट अनुदान प्राप्त कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप लगाउन शुभारम्भ गरेका हुन् ।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै प्रधानमन्त्री देउवाले खोप लगाउन शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसमेत सहभागी भएका थिए ।
अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई अनुदान दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।

उक्त खोप आजदेखि अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया