बिहीबार, वैशाख २४, २०८३

भारतका लागि नेपाली राजदूत आचार्यको फोन जासुसीको सूचीमा

मेरोन्यूज २०७८ साउन ५ गते १४:२२

काठमाडौं । भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यको फोन पनि जासुसीकाे सूचीमा परेको छ।

Advertisement
NiccNicc

एक फ्रान्सेली पत्रिकाले पेगासस स्पाइसवेयरको माध्यममा भारतमा नेपालसहित विभिन्न देशका राजदूतका फोन जासुसी सम्भावित सूचीमा रहेको जनाएको छ।
‘पाकिस्तानका प्रधानमन्त्री इमरान खान र उनका राजदूतहरू सम्भावना लक्षित सूचीमा छन्। भने अफगानिस्तान, चीन, नेपाल, साउदी अरबसहितका राजदूत तथा कूटनीतिज्ञ रहेका छन्’ उक्त पत्रिकामा उललेख छ ।


सोमबार बिहान मात्र वासिङ्टन पोस्ट र भारतको वेबसाइट द वायरले विश्वभरका पत्रकार तथा सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएका समाचार प्रकाशन गरेका थिए। आचार्य २०७५ माघ ६ गतेदेखि भारतको राजदूत छन्।

प्रतिक्रिया