प्रदेश प्रमुख कलौनीद्वारा ‘बकर इद’को शुभकामना

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी संवत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीलाई सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गरेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “इस्लामले बकर इद (इद–उल–जोहा) र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद इस्लाम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गर्ने प्रचलन रहिआएको छ । जो हाम्रो सम्पदा हो । यसरी मनाइने ‘बकर इद’ले हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएको छु ।”
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवर्दन र प्रवर्दन गर्नु सबैको साझा दायित्व भएको बताउँदै प्रदेश प्रमुख कलौनीले कोभिड–१९ को महामारीबाट आफू बच्न र अरुलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी घरमै धार्मिक क्रियाकलाप गर्न अनुरोध गरेका छन् ।
















झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया