८१ किलो गाँजासहित एक युवक पक्राउ

काठमाडौं । मकवानपुर जिल्लाको मनहरीबाट ८१ किलो लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीबाट प्रहरीले ८१ किलो ३ सय ५० ग्राम लागुऔषध गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष ४२ को बाबुराम नेगीलाई पक्राउ गरेको हो ।
सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकको ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बुधबार विहान २ः४५ बजेको समयमा उक्त ट्रकबाट सो परिमाणमा लागु औषध गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक रिमालले बताए ।
ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया