प्रधानमन्त्री र विप्लवबीच भेट वार्ता हुँदै
मेरोन्यूज
२०७८ साउन ६ गते १३:२०

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेट हुने भएको छ । देशका शीर्ष नेताहरूलाई भेट्दै आएका विप्लवले आज बुधबार प्रधामनन्त्रीलाई भेट्ने भएका हुन् ।
यसअघि विप्लवले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूलाई भेटेका थिए । विप्लवसहितका नेताहरुले अपरान्ह चार बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेका विप्लवले उक्त सहमतिलाई कार्यान्वयन गराउनका लागि प्रधानमन्त्री देउवालाई भेट्न लागिएको विप्लवनिकट एक नेताले जनाएको छ ।
प्रधानमन्त्री र विप्लवको भेटमा गृहमन्त्री बालकृष्ण खाँणसमेत उपस्थित हुने भएका छन् ।
सम्बन्धित
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया