एसइईको नतिजा प्रकाशन नहुँदै भर्ना नगर्न निर्देशन
मेरोन्यूज
२०७८ साउन ६ गते १४:४०

काठमाडौँ । नतिजा प्रकाशन नहुँदै विद्यार्थीको कक्षा ११ मा भर्ना लिने विद्यालयहरूलाई भर्ना रोक्न निर्देशन दिएको छ । भरतपुर महानगरपालिकाले कक्षा ११ को भर्ना लिने सबै विद्यालयहरूलाई भर्ना रोक्न निर्देशन दिएको हो ।
नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा नआउँदै भर्ना लिने विद्यालयहरूलाई भर्ना रोक्न निर्देशन दिएको जानकारी दिए ।
‘एसइई नतिजा सार्वजनिक हुनुपूर्व नै कक्षा ११ मा विद्यार्थी भर्ना सुरु गरेको गुनासो आएको हुँदा सबै विद्यालयहरूलाई नतिजा प्रकाशन नभई भर्नाको कार्य नगर्न नगराउन हुन सूचना गरिएको छ,’ उनीद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘अन्यथा कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

सम्बन्धित
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया