जमुनहा नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

नेपालगञ्ज । नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले हेल्थ डेस्कको नवनिर्मित भवनको आज उद्घाटन गरे ।
कोरोना, डेङ्गु, मलेरियालगायत सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा राणाले बताए । देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो ।
नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मी खटिने भएका छन् । भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकताअनुसार अन्य स्वास्थ्य जाँच गरिनेछ ।
रु ५१ लाख ३१ हजारको लागतमा निर्माण गरिएको हेल्थ डेस्कको केही भाग इलाका प्रहरी कार्यालय जमूनाहलेसमेत प्रयोग गर्ने जनाइएको छ ।
















खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना घाइते
समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
प्रतिक्रिया