जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

मान्म । जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।
कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए ।
“जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो ।” उनले भने, “अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ ।”
अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिए ।
“जिल्लामा विद्युतको लाइन छ तर त्यो विद्युत नियमित नहुँदा अक्सिजन प्लान्ट नियमित सञ्चालनका लागि जेनेरेटर राख्ने पहल भइरहेको छ”, उनले भने, “विद्युत नियमित भए २४ सै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिन्छ ।”
जिल्लामा कोभिड–१९ सङ्क्रमित भएका क्षयरोगीको उपचारका लागि कोभिड–विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रविधिको जिने एक्स्पोर्ट मेशिन पनि जडान गरिएको निमित्त प्रमुख महतले बताए ।
“क्षयरोगका गम्भीर खालका बिरामीलाई कोभिड–१९ भए त्यसको उपचारका नयाँ मेशिन जडान गरिएको छ”, उनले भने, “कोभिड–१९ महामारीका बीच स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै गएका छौँ ।”
जिल्लामा हाल २९ महिला र ३३ पुरुषसहित ६२ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये कोभिड विशेष अस्पलालमा १९ जनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा १४ र होम आइसोलेशनमा २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया