मृत्यु भएका मजदुरले खाएको खाना र मदिरा परीक्षण गर्न पठाउँदै
काठमाडौँ । विषक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।
प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको मंगलबार बिहान मृत्यु भएको थियो ।
दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीन घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षीय दीपेन्द्र पुनमगर र ३९ वर्षीय दूधबहादुर राना रहेका छन् ।
‘त्यहाँ त के भेटिन्थ्यो र ? सोधपुछ गर्ने काम भयो, छिमेकीले पनि त्यहीँबाट रक्सी ल्याएर खाएको भन्छन्,’ अनुसन्धानका लागि घटनास्थल पुगेका हवारीले भने, ‘अब खाना, मदिरा र भिसेरा रिपोर्ट जे आउँछ त्यसको आधारमा अनुसन्धान अघि बढ्छ ।’
घटनास्थलमा पुगेको प्रहरीले मजदुरले सधैँ मदिरा खाने गरेको र त्यो दिन पनि त्यसै भएको बताएका थिए । शव धौलागिरि अस्पतालको शवगृहमा राखिएको छ । रोल्पाबाट आफन्त बुधबार बिहानमात्रै बागलुङ आइपुगेका छन् । ‘उहाँहरु आएको खबर छ, जाहेरी आएपछि मात्रै परीक्षण हुन्छ,’ प्रहरी उपरीक्षक पल्लीमगरले भने, ‘परीक्षणपछि भिसेरा र खाना तथा मदिरा एकैपटक विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।’











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया